८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

फ्रान्सबाट भारत फर्कनासाथ कंगना रनाैत पक्राउ पर्ने


३ जेठ, काठमाडाैँ । फिल्म फेस्टिबलमा सरिक हुन फ्रान्स पुगेकी बलिउड चर्चित अभिनेत्री कंगना रनाैत भारत फर्कने बितिकै पक्राउ पर्ने भएकी छिन् । एकाएक उनको विरुद्ध मुद्दा परेकाे र मुद्दाको कारण उनी भारत फर्कनासाथ प्रहरीले उनलाई पक्राउ गर्ने भारतीय मिडियाले जनाएकाे छ ।

आदित्य पंचोलीले बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएको भनी प्रहरीमा उजुरी गरेका छन् । जानकारीअनुसार केहि समयअघि कंगनाका वकिल रिजवान सिद्दिकीले बलात्कारको झुटो मुद्दामा फसाउने भनि आदित्यलाई धम्की दिएका थिए ।

यसअघि आदित्य पंचोलीले सन् २०१७ मा कंगना रनौतविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका थिए । आदित्यका अनुसार आफूले मुद्दा दर्ता गरेपछि कंगनाका वकिलले उनलाई बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएका छन् । आदित्यले पुलिसलाई प्रमाणका लागि भिडियो पनि बुझाएको बताइएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार १८:०७