७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मिर्गौलालाई स्वस्थ्य राख्न यि उपाय अपनाउनुहाेस्


३ जेठ, काठमाडाैँ । स्वस्थ जीवनशैली नहुँदा मानिसमा मिर्गाैलासम्बन्धी रोगको जोखिम बढ्दै गएको छ ।  मिर्गौला फेल भएमा जीवनभरी डायलासिस गरेर बाँच्नुपर्ने हुन्छ । त्यसैले रोग लागेपछि दुःख पाउनु भन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो ।

मिर्गौला स्वस्थ राख्न र मिर्गाैलालाई बचाउन याे उपाए गर्नुहाेस्ः

– नियमित व्यायाम गर्ने,

– एक दिनमा कम्तीमा १० हजार पाइला हिँड्ने,

– दिनमा २ देखि ३ लिटर पिसाव हुनेगरी झोल पदार्थ पिउने,

– सुर्ती, खैनी, चुरोट सेवन नगर्ने,

– दुखाई कम गर्ने औषधि सकेसम्म प्रयोग नगर्ने,

– उचाई अनुसारको तौल कायम राख्ने,

– स्वास्थकर खाना खाने,

– चिनी, नुन बढी भएको खाना नखाने,

– रक्तचाप ठीक राख्ने,

– मधुमेहका विरामीले समय सयमा स्वस्थ्य परिक्षण गर्ने,

– वर्षमा एकपटक रगतमा क्रियाटिनिन र पिसानमा प्रोटिनको परिक्षण गराउने ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार १५:४९