६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे सञ्चार विज्ञमा पत्रकार शरद अधिकारी नियुक्त


२ जेठ, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे सञ्चार विज्ञमा पत्रकार शरद अधिकारी नियुक्त भएका छन् । राष्ट्रिय सुरक्षा, नेपाली डायस्पोरा, सामाजिक विषयबस्तु तथा सुशासन लगायत मानवीय अभिरुचिका विषयमा उनले दुई दशकदेखि निरन्तर कलम चलाउँदै आएका छन्। अधिकारी पछिल्लो समय बारबरा फाउन्डेसनमा कार्यकारी निर्देशक पदमा कार्यरत थिए ।

यसअघि  लोकमानसिंह कार्की प्रमुख हुँदा समेत अधिकारीले आयोगको सञ्चार विज्ञ रहेर काम गरेका थिए । अधिकारीसँग कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट दैनिक र समय साप्ताहिक म्यागजिन लगायतमा काम गरेको अनुभव रहेको छ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार २०:४३