११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

गाँजा र भारतीय जीपसहित २ जना पक्राउ


२ जेठ, काठमाडाैँ । प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–७ बाट १५० किलो गाँजा र बीआर ३० पी १४५८ नं को भारतीय जीपसहित ३७ वर्षीय सनोजराज घिमिरे र पर्साको वीरगञ्ज महानगरपालिका–१८ का २२ वर्षीय सिधु सिंहलाई पक्राउ गरिएको हो ।

प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त टोलीले दुवैलाई पक्राउ गरेको हो । यस्तै लालबन्दी नगरपालिका–६ स्थित सङ्गम लामाको घरबाट प्रहरीले ६२ किलो गाँजा बरामद गरेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार २०:१६