७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

इञ्जिनीयर चन्द्रनारायण चौधरीकाे शैक्षिक योग्यताको प्रमाणपत्र नै नक्कली 


२ जेठ, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा इञ्जिनीयरकै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको तथ्य फेला परेको छ । बूढीगङ्गा गाउँपालिकाको कार्यालय हात्तीमुढा, मोरङका इञ्जिनीयर चन्द्रनारायण चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको आयोगले आरोप लगाएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार इञ्जिनीयर चौधरीको प्रवेशिका तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको हो । सोही प्रमाणपत्रसमेत पेश गरी सरकारी सेवामा प्रवेश गरेको तथा बढुवासमेत भएको पाइएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ । आयोगले आज आरोपी चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार १८:४३