७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

त्यसपछि म पनि भिनाजुमा रमाउन थालेँ… (कथा)


–सरिता अर्याल
के छैन र मेरो कोठामा ? विलासिताको सामानले भरिएको छ । दुई छाक तातो भात पनि खान नपाएर बितेको त्यो मेरो बाल्यावस्थामा कसले सोचेको थियो होला र मेरो भविष्य यत्ति सुखसयलमा बित्नेछ भनेँने कुरा ? आखिर महिलाको भाग्य सधैँ पुरुषसित जोडिएर नै बन्ने र बिग्रने त रहेछ ।

आठ वर्षकी थिएँ । फुपूले दिल्ली लिएर जानुभएको थियो मलाई । हाम्री साइँली फुपू दिल्लीमा नै घरको काम गरेर कुनै सेठकामा बस्नुभएको थियो । दुईछाक मात्र मीठो खान पाएपनि हुन्छ भनेँदै आमाले मलाई दिदीको साथ लगाइदिनु भएको अस्ति जस्तो लाग्छ । घरमा सानो तिनो काम गरेर मेरो बसाइ दिल्लीमा नै हुन थाल्यो । परिवार ठूलो थियो , एक दिन साहूकी छोरीको बिहे भएको रे ! खुब धुमधाम भएको थियो । दिल्ली आएको चार वर्ष लागिसकेपछि मैले थाहा पाएँ, फुपू त मुसलमान परिवारमा बस्नुभएको रहेछ र हामी हिन्दु रहेछौँ । मलाई धर्म र संस्कारले केही छुँदैन थियो । तर पनि फुपूले दशैँको विदामा हाम्रो घर जाने बेलामा मलाई बाटोभरि नै सम्झाउँदै ल्याउनुभएको थियो “मुस्लिमकामा बसेको नभन्नू ल घरमा !”

–सरिता अर्याल, लेखक

तिहारसम्म नेपाल बस्न पाउने गरी विदा पाइएको थियो । दिन बितिहाले, तिहार पनि सकियो । घरबाट हिँड्ने वेलामा आमा मलाई अँगालो हालेर धेरै रुनुभएको थियो । मलाई लाग्यो, सन्तानको मायाले होला । तर दिल्ली आएपछि थाहा पाएँ मलाई त साहूकी छोरी निलोफर दिदीको घर ओमानमा लैजाने तयारी पो गरिएको रहेछ । फुपूले मलाई बाआमालाई भेट गराउनका लागि नै लिएर जानुभएको रहेछ नेपाल । आमाले त एकपल्ट सातसमुद्र पार जानलागी अब मुख पनि कहिले देख्न पाउने होला भन्नुभएको थियो । मैले उहाँको भनाइलाई वास्ता गरिनँ ।
निलोफर दिदी र भिनाजु हामी दिल्ली पुगेको तीन दिनपछाडि नै आउनुभयो । एक हप्ता बसेपछि म पनि उडेँ उहाहरूसँगै ओमान !
दिदीले झन्डै एक महिना जत्ति मलाई काम सिकाइन् । घरको काम सबै गर्न सिकेपछि दिदीभिनाजु दुवै मेरो भरमा घर छोडेर काम गर्न जान थाले । जहाँ गए पनि काम नै त गर्नु हो । मलाई दिल्ली र ओमानमा त्यत्ति फरक लागेन । अझ कामको बोझ परिवार कम भएकाले ओमानमा नै कम थियो ।

दिन बित्दै जान थाले । एक दिन म आफ्नो कोठामा लगाएको लुगा फेर्दै थिएँ । भिनोँजु के कामले कोठामा आइपुगे । हामी दुबै आत्तियौँ ।
त्यस दिनपश्चात् भिनाजुले मसित गर्ने व्यवहार र हेराइमा परिवर्तन आउन थाल्यो । उनी दिदीलाई छलेर एक टक मेरो अनुहारमा हेरिरहन्थे । बिस्तारै उनी के के निहुँ पार्दै दिउसो एकपल्ट घर आउनथाले । दिदीको पछाडि उनी मसित धेरै बेर गफ गर्न थालेका थिए । कोपिलाबाट भर्खर फक्रिँदै गरेको मेरो शरीरले भिनाजुलाई लोभ्याउन थालिसकेको मैले पत्तो पाइनँ । मैले त उनलाई अभिभावक नै मानेकी थिएँ ।

दिदी दुई जिउकी भइन् । दिदी उनकी आमालाई बोलाउन चाहन्थिन् तर भिनाजुले मानेनन् । हामी दुईजना छँदैछौँ नि भनेर । दिदी सुत्केरी भएर अस्पतालमा थिइन् । भिनाजु कुनै कुनै बेला मलाई पनि लिएर अस्पताल लैजान्थे । एक दिन बेलुका अस्पतालबाट फर्कदा उनले मलाई होटेलमा लगेर खुवाएका थिए । चिल्लो कारमा अगाडि भिनाजुको छेउमा बसेर अस्पताल जान आउन मलाई पनि रमाइलो नै लाग्दथ्यो । यो समयमा भिनोँजुले मलाई ओमान बजार पनि घुमाइदिएका थिए । उनी दिदीलाई भेटन जान भन्दा पनि मलाई घुमाउन रमाएको जस्तो लाग्दथ्यो । मलाई मन परेको सामान पनि किनिदिए । केही दिनपछि दिदी घर आइन् । दिदी घरै बस्ने हुँदा भिनाजु र मेरो बाहिर घुम्न जाने पनि बन्द भयो । बच्चा एक महिना पुगेपछि दिदी दिल्ली जाने भइन् मलाई पनि साथै लिएर । भिनाजुले निकै जोड गरे मलाई दिल्ली नलैजान । घर कुरुवा चाहिन्छ भनेर मलाई ओमानमै छोडेर दिदीभिनाजु दिल्ली उडे । एक हप्तापछाडि भिनाजु मात्र फर्किए । अब त भिनाजु दुवै छाक मलाई होटेलमै खुवाउन लैजान्थेँ। एक रात खाना खाएर आएपछि उनले मलाई एउटा मिठाई खान दिए । त्यो मिठाई खानासाथ मलाई रिँगटा लाग्यो । मलाई केही होस भएन । मध्य रातमा बिउँझिदा म निर्वस्त्र भिनाजुको अँगालोमा थिएँ । म अत्तालिँदै उठेँ । आवाजले उनी पनि विउँझिए । मलाई दिदीलाई केही नभन, म तिमीलाई खुशी बनाएर राख्छु भनेर धेरै फकाए । त्यसपछि उनी सधैँ मलाई सँगै लिएर सुत्नथाले । सुरुमा त मलाई भिनाजुसित खुब रिस उठ्यो तर मेरो त्यहाँ को थियो र ? म के पो गर्न सक्दथेँ ? बाध्य भएर भिनाजुको बासनाको सिकार भएँ । बिस्तारै प्राकृतिक नियम नै हो, म पनि भिनाजुमा रमाउन थालेँ ।

दिदी आइन् आफ्नो ठाउँमा, तर हामीले रातको मिलन दिनमा सा¥यौँ । एक दिन दिदीले दिउसो हामीलाई भेटाइन् । उनले मलाई धेरै कुटिन् र भिनाजुसित पनि रिसाइन् । उनी भोलिपल्टै मलाई दिल्ली पठाउने भइन् । तर भिनाजुको माया थियो या मेरो शरीरप्रतिको भोक उनले कुनै हालतमा पनि मलाई दिल्ली नपठाउने भए । मेरो कारण लोग्ने स्वास्नीमा धेरै झगडा भयो । कुरा दिल्ली सम्म पुगिहाल्यो । दिल्ली बाट फुपूले मलाई बोलाउनुभयो फोन गरेर । तर म चरम आनन्दमा डुबुल्की मारिरहे, मलाई फुपूको आदेशभन्दा भिनाजुको प्रेमले रोक्यो ।
एक हप्ता पनि नभई भिनाजुले मसित निकाह नै गरे । अब उनी मेरो आधिकारिक शौहर ।

दिदी बच्चामा सीमित भइन् भने दिदीभिनाजुको ओछयानमा म पुगेँ । मेरो कुनै पनि चाहना भिनाजुले नपुराएको हुँदैन थियो । दिदी रिसाउँदै दिल्ली लागिन् हामी आफैँमा मस्त ! नेपालमा दशैँ आउनै लागेको थियो । म आफ्नो सम्पन्नता आमाबुवा र छिमेकीलाई देखाउन चाहन्थे । मैले नेपाल जान आग्रह गरेँ । उनी पनि दिल्ली भन्दा नेपाल जान तयार भए । सुन र हिरामा सजिएर म मुसलमान श्रीमान्को साथमा माइती घर भित्रिएँ । गरिवीको रेखामुनि रहेका मेरा बाबुआमा र भाइबहिनीले उनीहरूलाई ल्याइदिएको सामानका अगाडि मुसलमान ज्वाइँलाई पनि स्वीकारे ।
दशैँमा आमाले ज्वाइँ छोरीलाई राखेर टीका लगाइदिने बिचार व्यक्त गर्नुभयो मेरो शौहर शोयलसित । तर शोयलले त किन मान्दथ्यो, मलाई पनि तिमी मेरी बेगम हौ भनेँे दशैको टीका नलगाउ भन्यो । मेरो हिरोले भनेको म किन मान्दिन थिएँ र ? हामीले हामी मुसलमान हौँ टीका लगाउँदैनौ भनेर मानेनौँ । दशैँ सकियो , तिहारमा पनि भाइबहिनीले टीका लगाए । म मुसलमान पर बसेर फोटो खिच्ने काम मात्र गरिरहेकी थिएँ ।

तिहार सकेर हामी फर्कियाँै । हाम्रो मायापिरतीले गाँसेको माला मेरो पेटमा बुनिन थालेछ । महिना पुग्यो, छोरो जन्मियो । मैले जन्माएको छोरालाई मुसलमान बनाएर धुमधामको भोज गरियो । मेरी दिदी भनौँ या सौता आइन् ओमान । मिलेर बस्नुको कुनै विकल्प हामीबीचमा रहेन । फर्केर आइसकेपछि मेरी सौताको व्यवहारमा आकाश जमिनको फरक देखियो । मसित गर्ने उनको झगडाले मायाको रूप लियो । उनको मायामा मख्ख परेकी मैले उनको चाल बुझ्न सकिनँ ।

उनी ममार्फत् शौहरको नजीक हुन चाहेकी रहिछन् । तर मैले कुनै रात पनि शोयललाई छोडिनँ । तीन वर्ष यसरी नै बित्यो । म घरकी मालिक्नी भएकी थिएँ । मेरो दोस्रो छोरी जन्मिई । मेरो शौहर जसरी मेरो नजिक आएको थियो त्यसरी नै जेठी श्रीमतीको पनि भइसकेको रहेछ । उनी दुईजिउकी भएपछि मलाई थाहा भयो । अब फेरि घरमा सौता सौताको रडाको सुरु हुन थाल्यो ।

शौहर विस्तारै मेरो भन्दा सौताको बढी हुनथाल्यो । एक दिन सौतेने छोरालाई मसँगै छोडेर दुबैजना सिनेमा हेर्न गए । मेरो मुटुमा सौताको किलो ठोक्कियो । बाबुआमाको रिसले मैले सौताको छोरालाई बेस्कन कुटँे । घर फर्केपछि छोराले बेलीविस्तार लगाइहाल्यो । छोरो कुटेको थाहापाए पछि मेरो शौहर सधैको लागि जेठीको कोठाभित्र पस्यो । सौताको रिसमा म नेपाल आएँ दुई बच्चा लिएर । योपल्ट मैले माइतमा पहिलोपल्टको जत्ति खर्च गर्न सकिनँ भने उपहारमा पनि कमी हुनु स्वभाविक नै थियो । लोग्नेसित रिसाएर आएको थाहा पाएर होला घरमा मसित अलि बेग्लै व्यवहार गरेको जस्तो मलाई लाग्यो । झन्डै एक महिना माइतमा बसेर म ओमान फर्किएँ । अब म फेरि घरकी नोकर्नीकै अवस्थामा पुगेँ ।

दिनहुको झगडाले एक दिन शोयलले मलाई तलाक दियो । उसले तलाकमा दिएको प्रशस्त सम्पत्तिले मलाई खान बस्न त कुनै दुख्ख भएन । तर म कुनै दिन सन्तुष्ट पनि हुन सकिनँ । सौतामाथि त आफै गएकी हँु तर पनि सौताको किलो मेरो मुटुमा बिझिरहन्थ्यो । इद आयो, उनीहरू सबै दिल्ली लागे । मेरो अबोध छोराले पनि दिल्ली जाने भनेँेर झगडा ग¥यो । एक त दिल्ली, त्यसमाथि तलाक लिइसकेकी, मेरालागि त्यहाँको ढोका सधैको लागि बन्द भइसकेको थियो ।

छोराको कचकचले गर्दा म पनि दुई बच्चा लिएर नेपाल आएँ । दशैँ आयो म र मेरा छोराछोरीले टीका लगाएनौँ । छोराले टीका लगाइदिनू भनेर हजुरआमालाइ भन्यो तर आमाले तिमीहरू मुसलमान टीका लगाउनु हुन्न भन्नुभयो । एकपल्ट आमा मलाई मुसलमानमा बाहुनी देखेर टीका लगाइदिन तयार हुनुहुन्थ्यो त्यो बेला मैले मानिनँ । आज मेरो छोरोले टीका लगाउन चाहँदा आमाले मान्नुभएन । यहाँ पनि मलाई मेरो गल्तीले खिसाइरहेको थियो ।

अब ओमानमा मेरो कोही थिएन तर पनि म बच्चा लिएर ओमान नै फर्किएँ । कहिलेकाहीँ शोयलको र मेरो जम्काभेट हुन्छ । म त ऊ सित बोल्दिनँ तर छोराछोरीलाई चिनाइदिएकी छु तिमीहरूको अब्बु भनेर । उनीहरूसित शोयलको जम्काभेट भयो भनेँे ऊ छोराछोरीलाई बोलाउँछ । बस्ने घर अलग भएपनि हामी एउटै टोलमा बसेका थियौँ ।

एक दिन छोरासित बोलेर शोयल फर्किसकेको थियो तर छोराले पछाडिबाट बोलायो –अब्बु । शोयल फर्कियो, तलाकपछि पहिलोपल्ट छोराको हात समाउँदै सँगै लिएर गयो । केही बेरपछि मेरो घरअगाडि शोयलको त्यही कार आएर रोकियो जुन कारले मलाई कुनै बेला उनको नजिक पु¥याएको थियो । छोराले सकिनसकी एउटा झोला लिएर गाडी बाट ओर्लियो । मेरो छेउमा आएर छोराले झोला मलाई दियो । मेरो आँखा गाडीतिर दौडिए । शोयल गाडीबाट मलाई नै हेरिरहेको थियो । म झोला लिएर छोरा समाउँदै भित्र पसँे । भित्र आएर हेर्छु त झोलामा छोराछोरीको साथसाथै मेरा लागि पनि कपडा रहेछ । मलाई ल्याइदिएको कुर्तासुरुवाल मलाई पहिलोपल्ट दिएको कुर्तासुरुवाल जस्तै थियो । त्यसपछि कहिलेकाहीँ छोराको हातमा मलाई उपहारहरू आइरहन्छ । छोराछोरी पनि बाबुको धेरै नजिक भइ सकेका छन् । आउने इदमा शोयलले छोरालाई पनि दिल्ली लिएर जाने भनेको छ रे । म छोरालाई दिल्ली नजा पनि भन्न सक्दिनँ, आखिर छोरा त शोयलकै हो । इदमा दिल्ली पठाउनुको मतलब मैले छोरालाई आधिकारिक रूपमा मुसलमान बनाउनु हो तर तलाक लिइसकेको हुनाले मेरो सन्तान मुसलमान नभइदिए हुने थियो जस्तो मेरो अन्तर्आत्माले भनिरहेको छ । तर विडम्बना म उसलाई दशैँमा टीका लगाउने गरी नेपाल पनि त लैजान पनि सक्दिनँ हिन्दू बनाउन ।

आखिर अन्तर्जातीय विवाह गरेर म के भएँ र कहाँ पुगेँ ? घरमा थुप्रिएका विलासिताका सामानले मात्र मलाई पुगेन । मलाई अहिले आफ्नो पहिचान चाहिएको छ । म हिन्दूको सन्तान हिन्दू भएर हिन्दू संस्कारलाई किन अंँगाल्न सक्दिनँ ? मुस्लिमसित निकाह गरेर मुस्लिम भइसकेकी भए तापनि शौहरसित तलाक लइसकेकी म कसरी मुस्लिम हँुला त ? आखिर मेरो पहिचान के त ? म को ?

(अर्यालको आज दिउँसो सार्वजनिक हुँदै गरेको कथा संग्रह ‘पुरुष’ को एउटा अंश ।)

प्रकाशित मिति : २४ चैत्र २०७४, शनिबार ०८:४६