६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

विद्यालयबाट घर फर्किदै गरेकी ६ वर्षीया बालिका १६ वर्षीय किशोरबाट बलात्कृत


२ जेठ, झापा । झापामा विद्यालयबाट घर फर्किदै गरेकी ६ वर्षीया बालिका १६ वर्षीय किशोरबाट बलात्कृत भएकी छिन् । झापाको हल्दिबारी ३ का  किशोरले छिमेकी बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीय एक विद्यालयको बाल विकास कक्षामा अध्ययनरत ती बालिकालाई सोही विद्यालयमा पढने किशोरले बलात्कार गरेको पीडितका परिवारजनले प्रहरीमा उजुरी दिएको झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी)महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार मकैबारीमा फलेको पुटुकी खान जाउ भन्दै बालिकालाई किशोरले जबरजस्ती करणी गरेका थिए । बलात्कृत बालिका घर रुदै पुगेपछि घटना बाहिरीएको हो। ती किशोरले यसअघि पनि ती बालिकालाई पटक पटक बलात्कार गरेको समेत खुलेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार १७:१२