१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी


२ जेठ, काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक जनवर्गीय संगठनको एकीकरण टुंगो लगाउन बसेकाे छ ।   बैठकमा नेकपाका २२ वटा भातृ संगठनको एकीकरण टुंगो लगाउने प्रस्ताव रहेकाे स्राेतले वनाएकाे छ ।

तत्कालीन एमालेले १३ वटा भातृसंगठनको अध्यक्ष पाउने र तत्कालीन माओवादीले ९ वटाको नेतृत्व लिने गरि छलफल अघि बढेको छ । यो संख्या १२ र १० मा टुंगो लाग्ने सम्भावना पनि उत्तिकै रहेको स्राेतले जनाएकाे छ ।

सबैभन्दा प्रभावशाली मानिने युवा र विद्यार्थी संगठनमध्ये पूर्व एमालेले विद्यार्थीको नेतृत्व लिने र युवाको नेतृत्व पूर्व माओवादीले पाउने सम्भावना रहेको छ । पार्टी एकीकरणको एक वर्ष पुगेको अवसरमा जेठ ३ गते शुक्रवार जनवर्गीय संगठनहरुको एकीकरण टुंग्याउने प्रयास भइरहेको जानकारी प्राप्त भएकाे छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार १५:५१