१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भोजपुर सदरमुकाममा आगलागी, आगाे नियन्त्रणमा आउन सकेन


२ जेठ, भोजपुर । भोजपुर सदरमुकाम नजिकैको भोजपुर नगरपालिका वडा नं. ७ स्थित बरवोट टोलमा बिहीबार दिउँसो १ बजेदेखि आगलागी भइरहेकाे छ । स्थानीय बखत श्रेष्ठको घरबाट शुरु भएको आगलागी नियन्त्रणबाहिरको अवस्थामा पुगेको छ । नजिकैको घरमा समेत आगो फैलिएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय वासिन्दा खटिएका छन् ।

साँघुरो सडक भएका कारण भोजपुर नगरपालिकाको दमकल समेत त्यहाँ पुग्न सकेको छैन । खानेपानीको लाइनबाट पानीले आगो निभाउने प्रयास भए पनि पानी पर्याप्त नहुँदा क्षती तथा जोखिमको संभावना बढ्दो छ । घरभित्र रहेका खाना पकाउने ग्यासको सिलिण्डरहरु पड्किदा आगो झन् फैलिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार १४:४४