८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

किन छाेड्दैछिन् चर्चित अभिनेत्री पुजा शर्माले कलाकारिता ? यस्ताे रहेछ कारण


२ जेठ, काठमाडाैँ । नेपाली चर्चित अभिनेत्री पुजा शर्माले कलाकारिता छाेड्ने बताएकी छिन् । चलचित्र प्रेम गीतबाट चर्चा कमाएकी पुजाले आर्यन सिग्देल जस्ता नायकसंग पनि काम गरेकी छिन् ।

निर्देशक सुर्दशन थापासंगको निकटताले उनलाई अझै पनि , चङखे सङखे पङखे हुँदै प्रेम गीतसम्म ल्याई पु¥याउँदा उनले नसोचेको फ्यानफलोईङ र स्टारडम बनाई । म यस्तो गीत गाउँछु हुँदै रामकहानीसम्म निर्माता समेत बनेकी उनले यसबीचमा दर्शकको अपार माया लुट्न सफल भईन ।

नायिका पुजाले सुर्दशनको फिल्ममा मात्र काम गरेको भन्ने आरोप लागेकाे छ । हालै ‘सम्हालिन्छ कहिले मन’ फिल्ममा १५ लाख पारिश्रमिक लिएर सर्वाधिक महंगी नायिकाको लिस्टमा परेकी पुजाले बिवाहपछि फिल्म लाईनबाट टाढा रहने निर्णय गरेकी हुन् ।

 विवाहकाे विषयमा केही साेच नभएपनि  पुजाले बिवाहपछि फिल्मी क्षेत्रबाटै टाढा रहने बताईन् । उनी भन्छिन् “बिवाहपछि म फिल्म क्षेत्रबाट अलग हुन्छु र असल बुहारी भएर जिवन बिताउँछु” । निर्मात्रीसमेत रहेकी पुजाले बिवाहपछि अभिनयसंगै फिल्म निर्माणमा पनि हात नहाल्ने बताएकी छिन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार ०९:०९