८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

डच लिगको उपाधि आयाक्सले जित्यो


२ जेठ, काठमाडाैँ । आयाक्सले डच लिगको उपाधि  जितेको छ । लिग जित्नका लागि अन्तिम खेलमा आयाक्सलाई जम्मा एक अंक आवश्यक थियो । तर, आयाक्सले ग्राफ्स्च्यापमाथि ४–१ को जित निकाल्यो । च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको आयाक्सले यो सिजन घरलु प्रतियोगिताको दुई उपाधि जितेको छ । यसले लिग कपको उपाधि पनि जितेको थियो । आयाक्सले सन् २०१४ देखि लिग जित्न सकेको थिएन ।

ग्राफ्स्च्यापको मैदानमा भएको खेलमा लास्से स्कोनेले ३७औं मिनेटमा गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा ग्राफ्स्च्यापका एल जेबीले गोल गरेपछि खेल बराबरीमा पुग्यो । त्यसको चार मिनेटपछि आयाक्सका लागि निकोलस टाग्लियाफिकोले गोल गर्दै फेरी आयाक्सलाई अग्रता दिलाए ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार ०९:०५