१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

काठमाडाैँमा ७ वर्षीय बालिका बलात्कार गरेर भागेका पूर्व प्रहरी खरेल कञ्चनपुरबाट पक्राउ


१ जेठ, कञ्चनपुर । काठमाडाैँको तिनकुने नजिकै शान्तिनगरमा ७ वर्षिय बालिकालाई फकाएर पटक–पटक बलात्कार गरी फरार रहेका पूर्वप्रहरी राजु खरेल कञ्चनपुरबाट पक्राउ परेका छन् ।  कञ्चनपुर प्रहरीले कञ्चनपुरको बेलौरीबाट खरेललाई पक्राउ गरेको हो । बलात्कारको अभियोग लागेको थाहा पाएपछि बेपत्ता भएका खरेल राष्ट्रिय असुसन्धान विभागका पूर्व प्रहरी हुन् ।

रामेछाप जिल्ला खाडादेवी २ की माझी थरकी बालिकालाई खरेलले केही महिनादेखि बलात्कार गर्दै आएका थिए । केही दिन अगाडी काठमाडौँको सिनामंगलमा सात वर्षिय बालिका बलात्कार भन्दै प्रहरीमा उजुरी परेपछि उनी काठमाडौँबाट भागेका थिए ।

आमा घरमा काम गर्न जाँदा आमासँगै गएकी माझी थरकी ७ वर्षिय बालिकालाई खरेलले चक्लेट देखाएर बलात्कार गर्दै आएको आरोप लागेको छ । पिडित बालिकाकी आमाको अनुसार आफुलाई पनि खरेलले बलात्कारको प्रयास गरेको र कामबाट नै निकाल्देलान भन्ने डरले कसैलाई नभनेको बताइन् ।

यो पनि पढ्नुहोस्

–काठमाडाैँकाे तिनकुनेमा ७ वर्षीया बालिका बलात्कृत, आराेपी राजु खरेल फरार

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार २०:१७