१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

घुस खान नपाएर कांग्रेसी कर्मचारीले अनावश्यक बखेडा झिकेर भाँडभैलो मच्चाए : मन्त्री यादव


१ जेठ, काठमाडौं । घुस खान नपाएर कांग्रेसी पक्षधर कर्मचारी युनियनका नेताहरुले अनावश्यक बखेडा झिकेर भाँडभैलो मच्चाएकाे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जनाएका छन् । आज दिउँसो मन्त्रालय कार्यकक्षमा हात हालाहाल भएको विषयलाई लिएर मन्त्री यादवले कर्मचारीको हक हितमा काम गरिरहेका बेला कांग्रेस पक्षधर कर्मचारीहरुले झगडा गरेकाे अरोप लगाएका छन् ।

सचिवालयमा आएर अनेक बहाना झिक्दै बबाल मच्चाइरहेका कर्मचारी नेताहरुलाई यो नेतागिरी गर्ने ठाउँ होइन भनेर भन्न नपाउँदै उनीहरुले आफूमाथि जाइलाग्न खोजेको मन्त्री यादवले बताए । नेकपा निकट विनोद खड्कालाई उद्योग विभागमा घुस लिएर सरुवा गरेको आरोप लगाउँदै कांग्रेस निकट कर्मचारीहरु युनियनका नेताहरु मन्त्रीको कार्यकक्ष घेर्न पुगेपछि आज दिउँसो मन्त्रालय कार्यकक्षमै झडपको स्थिति सिर्जना भएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार १९:०४