१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

७ वर्षिय बालिकालाई फकाएर पटक–पटक बलात्कार गर्ने पूर्वप्रहरी खरेल पक्राउ


१ जेठ, काठमाडौँ । ७ वर्षिय बालिकालाई फकाएर पटक–पटक बलात्कार गर्ने पूर्वप्रहरी राजु खरेल पक्राउ परेका छन् ।  कञ्चनपुर प्रहरीले कञ्चनपुरको बेलौरीबाट खरेललाई पक्राउ गरेको हो । बलात्कारको अभियोग लागेको थाहा पाएपछि बेपत्ता भएका खरेल राष्ट्रिय असुसन्धान विभागका पूर्व प्रहरी हुन् ।

रामेछाप जिल्ला खाडादेवी २ की माझी थरकी बालिकालाई खरेलले केही महिनादेखि बलात्कार गर्दै आएका थिए । केही दिन अगाडी काठमाडौँको सिनामंगलमा सात वर्षिय बालिका बलात्कार भन्दै प्रहरीमा उजुरी परेपछि उनी काठमाडौँबाट भागेका थिए ।

आमा घरमा काम गर्न जाँदा आमासँगै गएकी माझी थरकी ७ वर्षिय बालिकालाई खरेलले चक्लेट देखाएर बलात्कार गर्दै आएको आरोप लागेको छ ।पिडित बालिकाकी आमाको अनुसार आफुलाई पनि खरेलले बलात्कारको प्रयास गरेको र कामबाट नै निकाल्देलान भन्ने डरले कसैलाई नभनेको बताइन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार १८:०१