१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

उद्योगमन्त्री मातृका यादव र कर्मचारीबीच कार्यकक्षमै हात हालाहाल


१ जेठ, काठमाडौँ । उद्योगमन्त्री मातृका यादव र कर्मचारीबीच कार्यकक्षमै हात हालाहाल भएको छ । उद्योग विभागमा भएको सरुवाको विषयमा मन्त्री यादव र असन्तुष्ट कर्मचारीबीच हात हालाहाल भएको हाे । उद्योग विभागमा नेकपा निकट कर्मचारी विनोद खड्काको सरुवा गरिएको विषयलाई लिएर नेपाली कांग्रेस निकट कमर्चारीले मन्त्रीसँग विवाद गरेका थिए । त्यस क्रममा मन्त्री यादवको कार्यकक्षमा मन्त्री र कर्मचारीबीच हात हालाहाल भएको हो । कांग्रेस निकट कर्मचारीहरुले शोभाकर रेग्मीलाई वाणिज्य विभागमा सरुवा गर्न खोजेका थिए ।


शुरुमा मन्त्रीका निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका  नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले अश्लील गाली गर्दै हातपातमा उत्रिएको थिए । कांग्रेस निकट कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा हुलहुज्जत भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रीको कार्यकक्षबाहिर निजी सचिवसँग कमर्चारीको वादविवाद भइरहेका बेला मन्त्री यादव बाहिर निस्किएका थिए । होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएपछि प्रहरी बोलाए लगत्तै कर्मचारी नेताहरु भागेको बताइएको छ ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार १७:५४