१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

१९ पहाडी जिल्लामा सहसचिव र एसपी पठाउने सरकारको तयारी


१ जेठ, काठमाडौँ । सरकारले १९ वटा पहाडी जिल्लाको सिडिओमा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा एसपीलाई खटाउने तयारी गरेको छ । धेरै जनसंख्या भएका जिल्लामा दरबन्दी स्तरोन्नति गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । ती जिल्लामा हाल उपसचिव प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रमुख रहेका छन् ।

हाल ४२ जिल्लामा सहसचिव तथा ३५ जिल्लामा सिडिओको उपसचिव दरबन्दी छ । त्यस्तै, दुई जिल्लामा एसएसपी, ४० जिल्लामा एसपी र ३५ जिल्लामा डिएसपी जिल्ला प्रहरी प्रमुख रहेका छन् । अब ६१ जिल्लामा सहसचिवलाई सिडिओ र ५९ जिल्ला एसपीलाई खटाउन लागिएको छ । याे समाचार नवराज मैनालीले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार ०७:२६