८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

‘सुन साइली’ गीतका अडियो इन्जिनियरकाे मानसिक अवस्था ठिक भएरै बुहारीकाे हत्या गरेकाे भाइकाे आराेप


१ जेठ, काठमाडाैँ । चर्चीत गीत ‘सुन साइली’ का अडियो इन्जिनियर उज्वलले आफ्नै बुहारीकाे खुकुरी प्रहार गरी हत्या गरेका थिए ।उनि मानसिक अवस्था पुर्ण रूपमा ठिकठाक भए पनि के कुराले बुहारीकाे हत्या गरे भन्ने कुरा अहिले सम्म खुल्न सकेकाे छैन ।

ललितपुरमा घटेकाे उक्त घटनालाई लिएर अनलाइन टिभी देखि विभिन्न पत्रिकाहरुमा फरकफरक खबरहरु आइरहँदा घटनाको वास्तविकता केहो भन्ने नै अन्यौलमा परिरहँदा घटना भएको लामो समयपछि मृत अञ्जनाको श्रीमान पहिलोपटक मिडियामा आएका छन् ।

 

श्रीमतीको मृत्युले अर्धचेत अवस्थामा पुगेका प्रज्वल महतले के कारणले श्रीमतीको छियाछिया पारेर हत्या गर्यो भन्ने अहिलेसम्म कारण नखुलेको जानकारी दिएकाछन् । हत्यारा दाजु धेरै नबोल्ने खालको रहेको र पहिल्यै देखिकाे रिसले हत्या गरेको हुन सक्ने आशंका पनि गरेका छन् । ”

प्रज्वलले दाइको मानसिक सन्तुलन ठिक भएरै पनि श्रीमतीको हत्या गरेको दाबि समेत गरे । अहिलेसम्म हत्या गर्नुको ठोस रहस्य बाहिर नआएपनि प्रहरीले उक्त घटनालाई कडा अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार ०९:४९