७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

टोर्नाडो पीडितलाई पोर्तुगलबाट सहयोग


–भगवान गिरी

३० वैशाख, काठमाडाैँ । गत चैत महिनामा नेपालका बारापर्सालगायत तराईका जिल्लामा आएको आँधीबेहेरी पीडितलाई पोर्तुगलबाट रु एक लाख चवालीस हजार ७८० आर्थिक सहयोग पठाइएको छ । नेपाली सङ्घीय समाज पोर्तुगलको पहलमा प्रदेश नं २ मुख्यमन्त्री राहत कोषमा सो रकम पठाइएको समाजका पोर्तुगल अध्यक्ष सोमफुरी शेर्पाले जानकारी दिनुभयो । सो आँधीबेहेरीबाट २९ मानिसको निधन, सयौंँ घाइते र करोडौँ धनमाल क्षति भएको थियो ।रासस

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार १६:५७