७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नुवाकोटमा नक्सापास नगरी बनेको चर्च उद्घाटनमा कांग्रेस नेताको लर्को (फोटोफिचर)


२९ वैशाख, नुवाकोट । जागरण अभियानमा चलाइरहेको नेपाली कांग्रेसले गाउँगाउँमा गएर विभिन्न कार्यक्रममा समेत एक्येवद्धता जनाउन थालेको छ । यस्तैमा नुवाकोट कांग्रेस नेताहरूले जिल्लाको बेलकोटगढी नगरपालिकाको वडा नम्बर ४ मा रहेको पञ्चासेमा नवजीवन एजी चर्चको उद्घाटन गरेका छन । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, जिल्ला सभापति जगदिश्वरनरसिंह केसी, जिल्ला समितिका सदस्यहरू र नेविसंघका नेताहरू मिलेर आइतबार चर्चको उद्घाटन गरे ।

नेकपाका नेताहरूले होलिवाइन खाएर क्रिष्चियन धर्मको विस्तारमा सहयोग पर्याएको आरोप सेलाउन नपाउँदै कांग्रेसका नेताहरूले चर्चाको भव्यताका साथ उद्घाटन गरेका छन । कांग्रेसको जागरण अभियान चलिरहेकै समयमा चर्चाको उद्घाटनमा कांग्रेसका नेताहरू भरिभराउ देखिनुलाइ कांग्रेसको भोटको राजनीतिको रूपमा स्थानीयले व्यख्या गरेका छन ।

चर्चको उद्घाटनमा स्थानीय सरकारका मेयर र उपमेयरलाइ समेत निमन्त्रणा भए पनि उनीहरूले भने धार्मिक स्वतन्त्रतामा खलल पुर्याउने र प्रलोभवनमा पारेर धर्म परिवर्तन गराउने कामहरू चलिरहेको भन्ने सूचना पाएकोले कार्यक्रमै नगएको बताइएको छ । स्रोतका अनुसार चर्च बनाउनका निम्ति बिल्डिङको नक्सापासको काम समेत भएको छैन । अझ चर्च बनाउनका लिइएको बिदेशी सहायताको बारेमा स्थानीय तहलाइ सूचना समेत नदिएको बुझिएको छ ।

   

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार १९:४८