१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

रेसलर सिल्भर किंगको रेसलिङ खेल्दाखेल्दै रिङ भित्रै मृत्यु


२९ वैशाख, काठमाडाैँ । रेसलर सिल्भर किंगकाे लण्डनमा रेसलिङ खेल्दा खेल्दै रिङ भित्रै मुत्यु भएकाे छ । सन् २००६ मा कमेडी नाचो लिब्रेमा समेत अभिनय गरिसकेका सिल्भर किंग उत्तर लण्डनको क्याम्डेनस्थित राउन्डहाउस थिएटरमा आफ्नो प्रस्तुती दिइरहेका थिए ।

द वर्ल्ड रेसलिङ काउन्सिलले आफ्नो ट्वीटर अकाउन्टमा उनको मृत्युबारे पुष्टि गरेको छ । सिल्भर किंग शनिबार रातीको उक्त कार्यक्रममा डब्ल्यूडब्ल्यूईका पूर्व स्टार ‘द जुस’ गुएरेरासँग भिडिरहेका थिए । सबैभन्दा ठूलो शो लुचा लिब्रेमा आफ्नो प्रस्तुती दिइरहेका सिल्भर किंगले सन् १९९७ देखि २००० मा वर्ल्ड च्याम्पियन रेसलिङमा पनि भाग लिएका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार ०९:१९