Logo

एनिमिया रोगका बिरामीको उपचार हुनसकेन



२७ वैशाख, भेरी ।  स्थित भेरी प्रादेशिक अस्पतालमा ‘सिकलसेल एनिमिया’ जाँच गर्ने मेसिन‘ एचबी इलोक्ट्रोफोरेसिस’ तीन महीनादेखि बिग्रेको अवस्थामा छ । मेसिनमर्मत गरी सञ्चालनमा नल्याउदा उपचारका लागि अस्पताल पुग्ने बिरामी निराश भएर फर्कनु परेको छ । अस्पतालका सूचना अधिकारी डा सङ्केत रिसालले फागुन महीनादेखि बिग्रेको मेसिन दक्ष इञ्जिनीयर अभावका कारण मर्मत हुन नसकेको बताउनुभयो ।

सो अस्पतालको सामाजिक सेवा इकाइमा हाल ६६५ जना सिकलसेल एनिमियाका बिरामीलाई विपन्न नागरिक उपचार निर्र्देिशका अनुसार रु एक लाख बराबरको निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको डा रिसालले जानकारी गराउनुभयो ।

यसैबीच, यहाँस्थित सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले मेसिन बिग्रनुको कारण र मर्मत वा नयाँ खरीद प्रक्रियाका बारेमा अस्पतालसँग सूचना माग गरेको छ । केन्द्रका कार्यक्रम व्यवस्थापक रवीन्द्रकुमार ज्ञवालीले आफूहरुले सिकलसेल एनिमियाका बिरामीको सहज उपचारको व्यवस्थाका लागि बाँके र बर्दियाका पैरवी गरिरहेको बताउनुभयो ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार १३:०१
प्रतिक्रिया दिनुहोस्