१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

अभिनेत्री वर्षा राउत पानीपुरी र चटपटे ब्यापारमा व्यस्त


२६ वैशाख, काठमाडाैँ । नायिका वर्षा राउत पानीपुरी र चटपटेको व्यापारमा व्यस्त भएकी छिन् । यहि जेठ ३ गते प्रदिप भट्टराई द्वारा निर्देशित चलचित्र “जात्रै जात्रा” प्रमोसनका  क्रममा वर्षाले पानीपुरी र चटपटे व्यापार गरेकी हुन् ।  चलचित्र  जात्रैजात्रा देश भरि प्रदर्शनको तयारीमा रहेको छ ।

चलचित्रको मुख्य भुमिकामा नायक बिपिन कार्की , दयाहाङ राई , वर्षा राउत लगाएतका कलाकारहरुको विशेष भुमिका रहेको छ ।” गत वर्षको सफल चलचित्र ‘जात्रा’कै कलाकारहरु जात्रै जात्रामा पनि दोहोरिएको निर्देशक बताउँछन् । फिल्मको ट्रेलरलाई हेर्ने हो भने विशेष सुन काण्डलाई देखाइएको छ ।

दुई ठूलो ब्यानरको प्रतिक्षित चलचित्र एकसाथ हलमा अाउने भएकोले पनि निर्माण टिमले प्रमोसनलाई निकै नै महत्त्व दिइरहेको छ । चलचित्र जात्रै जात्रा सँग मिलन चाम्सको निर्माणमा रहेको फिल्म वीरविक्रम २ ले प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार २१:१८