७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

दिपकले पुजालाई “बिहे गर्ने भए मँसग चलचित्र खेल” भनेपछि…


२६ वैशाख, काठमाडाैँ ।  चलचित्र निर्माता तथा हाँस्य कलाकार दीपकराज गिरीले विवाह गर्न मन भएका हिरोइन हरुले आफूसँग चलचित्रमा खेल्नु पर्ने बताएका छन् ।

अभिनेत्री पूजा शर्माको जन्मदिन विशेष कार्यक्रममा पुगेका दिपकले ठट्टेउली पारामा पूजालाई विवाह गर्न मन भए आफूसँग चलचित्र खेल्न प्रस्ताव गरेका हुन् । दिपकसँग चलचित्रमा काम गरेका नायिकाहरूकाे विवाहकाे चर्चा चलिरहँदा दिपकले पुजा शर्मालाइ पनि अाफुसँग चलचित्र खेल्न भनेका हुन् ।

दिपकसँग चलचित्र खेलेका यी नायिकाहरू विवाहकाे तयारीमा छन् ।

प्रियंका र देशराजको विवाह

वडा नम्बर ६ र छक्का पञ्जा को दुई सिरिजमा काम गरेकी अभिनेत्री प्रियंका कार्की आउँदो असारमा प्रेमी आयुष्मान देशराज जोशीसँग विवाह गर्दैछिन् । उनले यस अघिनै जोशीसँग टिकाटालो गरिसकेकी छन् ।

बर्षा र संजोगको विवाह

छक्का पञ्जा मा दीपकको श्रीमतीको भूमिका निभाएकी अभिनेत्री वर्षा राउतको गएको फागुनमा अभिनेता तथा व्यवसायी संजोग कोइरालासँग विवाह भइसकेको छ । अहिले वर्षा हनिमुन मनाउन विदेश पुगेकी छिन् ।

दिपिका र दिवाकरको विवाह

यस्तै छक्का पञ्जा ३ मा दीपकसँग जोडी बाँधेकी अभिनेत्री दीपिका प्रसाइँले पनि आफ्ना प्रेमी निर्देशक दिवाकर भट्टराईसँग लगनगाँठो कस्ने पक्का भएको छ । अभिनेत्री दीपिका प्रसाईँ सिनेमा हेलो जिन्दगीको छायाकंनमा व्यस्त भएका कारण उनीहरुको विवाह मंसिरमा सरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार १७:३९