१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

एनआरएनए अमेरीकाको चुनावमा नुवाकोटका रामबाबु पाण्डे भिड्दै


२६ वैशाख, काठमाडाैँ । एनआरएनए अमेरीकाको चुनावमा नुवाकोटका रामबाबु पाण्डे भिड्ने हुनुभएकाे छ । नुवाकाेट बेलकोटगढी नगरपालिका १३ दाङ्मै, मदानपुरमा जन्मीनुभएका रामबाबु पाण्डेले आगामी मे १८ र १९ तारीखमा हुने एनआरएनए अमेरीकाको नयाँ कार्य समिती निर्वाचनमा पश्चिम क्षेत्रीय उपाध्यक्ष पदका लागी आफ्नो उमेद्वारी दिनु भएको छ। यसै सिलसिलामा हाल अमेरीकाको बिभिन्न राज्यहरुमा बसोवास गर्नु हुने नेपाली जन समुदा बिच जनसम्पर्क तथा अन्तरक्रियामा ब्यस्त रहनु भएको छ। वहाँ अहीले पनी क्यालीफोर्नीया राज्य को एनआरएनए अध्यक्ष भइ आफ्नो जिम्मेवारी कुशलता पुर्कव सम्पन्न गरी रहनु भएको छ।

पाण्डे एक सफल व्यवसायि तथा त्यस क्षेत्रमा सामाजिक अभियन्ताका रुपमा परिचित हुनुहुन्छ। ल्च्ल्ब् लाइ सबै गैर आवासीय नेपालीहरुको साझा सञ्जालकाे रुपमा विकास गराउनुका साथै सवैलाइ सहज समाज निर्माणका लागी राजनितीक भन्दा सामाजिक अभियान नै प्रभावकारी हुने भएकाले यिनै निस्वार्थ अभियान लाइ सहयोग गर्ने र उन्नत समाज निर्माण का लागी ब्यक्तीगत र संस्थापक तर्फबाट सक्दो पहल र मद्धत गर्ने प्रतिवद्धता सहित एनआरएनए को चुनावी मैदानमा उत्रीनु भएको छ।

एक दशक देखी अमेरीकालाइ कर्मथलो बनाइ आफ्नो व्यवसाय गर्दै आउनु भएका पाण्डे अमेरीकामा रहेका बिभिन्न सामुदायिक केन्द्रका लागी निरन्तर सहयोग गर्ने दानी पात्र हुन। तेसै क्रममा नेपालीहरुको गौरव श्री पशुपतीनाथ फ़ाउन्डेशनमा पचासी हजार डलर दान गरी निरन्तर त्यसको संरक्षणमा लागीरहनु भएका पाण्डे एक मनकारी ब्यक्तीत्व हुनुहुन्छ। वहाँले आफ्नो जन्मथलोमा स्कुल, मन्दिर, पाटी पौवा निर्माणमा पनी यथेष्ट सहयोग गर्नुभएको छ। नेपालमा विनाशकारी भुकम्प गएको बखत आफ्नो ब्यक्तीगत तथा संस्थागत दुवै तर्फबाट बिभिन्न क्षेत्रमा राहत बितरणमा पनी सहयोग गर्नुभएको थियो जुन सहयोग नुवाकोटका बिभीन्न क्षेत्रमा पनी आएको थियो।

सबल, सक्षम र समाबेशी ल्च्ल्ब् निर्माण को लागी सहमती, सहकार्य र एकता को आबश्यकता हुन्छ भन्ने मान्यता राख्नु हुने पाण्डेले आफु नेत्रीत्वमा पुगेको खन्डमा आफुले गरेको प्रतीबद्धता पुरा गर्ने र आगामी नेतृत्वले अघी सारेका एजेन्डाहरुलाइ सक्रीय सहयोग र साथ दीने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ।

नुवाकोटको एक अती सामान्य परीवारमा जन्मीएर अथक मिहेनत र परीश्रम गर्दै अमेरीकासम्मको सफल यात्रा गर्नु भएका पान्डे नजिकिँदै गरेको अमेरीकाको एनआरएनए चुनावमा क्षेत्रीय उपाध्यक्ष पदको प्रतीस्पर्धामा होमिनु भएको छ तसर्थ नुवाकोट बाट अमेरीकाको बिभिन्न राज्यहरुमा बसी आफ्नो पेशा र ब्यबसाय गरी रहनु भएका नुवाकोटे दाजुभाइहरुको साथ, सहयोग र शुभेच्छा रहने छ भन्ने कुरामा पाण्डे आशावादी हुनुहुन्छ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार १२:१०