१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

 कानेगुजीले स्वास्थ्यमा निम्त्याउने खतरा यस्ताे छ


१. तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुुहुन्छ भने तपाईंमा संक्रमण भएको हुन सक्छ ।

२. कानेगुजी बाक्लो, सुक्खा र कालो भयो भने तपाईं बूढो हुँदै जानुभएको संकेत हो । तर जवानीमै यस्तो भयो भने चिकित्सकको परामर्श लिनुपर्छ ।

३. व्यायाम गरेपछि कानमा अलिकति पसिना आउँछ । तर कानबाट लगातार पसिना चुहिन थाल्यो भने तत्काल चिकित्सकलाई भेट्नुस् किनकि तपाईंलाई कानको दीर्घरोग लागेको हुनसक्छ ।

४. कानेगुजी पहेंलो वा हरियो वा कालो वा सेतो भयो भने तपाईंको कानमा संक्रमण भएछ भनी बुझ्नू । कानेगुजीको प्राकृतिक रंग हल्का सुन्तला र गाढा खैरो हो ।

५. कानेगुजी कत्ले खालको भयो भने अनि तपाईंको कानको प्वाल सुक्खा भयो भने एक्जेमा रोग लाग्यो । तर चिन्ता नलिनुस्, यो उपचारले ठीक हुन्छ ।

६. कानेगुजी गनायो भने कानमा संक्रमण भएछ भनी बुझ्नू ।

७. कानेगुजी नै निस्केन भने चिकित्सकको परामर्श लिनू । यो केराटिटिस ओब्टुरान्स नामक रोगको लक्षण हुनसक्छ । एजेन्सी

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार १३:१७