१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

यी बलिउड कलाकार जस्ले आत्महत्याको बाटो रोजे


२५ वैशाख, काठमाडाै । चलचित्र भन्दा परका व्यक्तीले प्राय सेलिब्रिटीहरु लक्जरी जीवन बिताइरहेकाे हुन्छन् भन्ठानेका हुन्छन् । तर कतिपय कलाकारहरू विविध कारणले अात्महत्या गर्न तयार हुन्छन् र अात्महत्या गरिरहेका हुन्छन् ।

वास्तविक जीवनमा उनीहरूको समस्या हामीले सोचेभन्दा धेरै रहेका हुन्छन् । कतिपय समस्यासँग जुध्‍न नसक्दा आत्महत्याको बाटो पनि रोज्‍ने गरेका छन् । यी बलिउड कलाकार जसले आत्महत्याको बाटो रोजे :

१. दिव्या भारती

उनले पाँचौँ तलाबाट हाम फालेर आत्महत्या गरेको बताइएको थियो । उनले १९ वर्षको उमेरमा १४ वटा फिल्म खेलिसकेकी थिइन् ।

२. गुरुदत्त

उनले रक्सीमा निदाउने औषधी मिलाएर सेवन गरेका थिए । उनले आफ्नै घरमा आत्महत्या गरेका थिए ।

३. कुलजित राडधावा

उनले आफ्नै घरको सिलिङ पङ्खामा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

४. कुनाल सिंह

श्रीमतीले आफ्नो बच्चासँग भेट्न नदिएपछि कुनालले आत्महत्या गरेको रिपोर्ट बाहिर आएको थियो ।

५. मनमोहन देसाइ

यी अभिनेताले बाल्कोनीबाट हाम फोलर आत्महत्या गरेका थिए ।

६. जिया खान

यी अभिनेत्रीले आफ्नो प्रेमीसँग भएको विवादका कारण आत्महत्या गरेकी थिइन् । उनी आफ्नो अपार्टमेन्टमा मृत फेला परेकी थिइन् ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार १२:५०