७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कारागारमा गोली चल्यो, ८ जनाको मृत्यु १९ घाइते


२५ वैशाख, काठमाडौं । मध्य अमेरीकाकाे एक सहर ग्वाटेमालाको कारागारमा गोली चल्दा ८ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । राजधानी ग्वाटेमाला सिटी नजिकै रहेको जेलमा दुई कैदीबन्दीबीच झडप भएपछि गोली चलेको स्थानीय अधिकारीले बताएका छन् । घाइते भएकाहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

अन्तर्राष्ट्रिय संन्चार माध्यमहरुका अनुसार कारागारको अवस्था नियन्त्रणमा लिन र हिंसा भड्किन नदिन १ हजार ५ सयभन्दा प्रहरी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । कारागारमा चार हजार कैदीबन्दी रहेको बताइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार १२:१७