१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सलमानको ‘किक टु’ मा ज्याकलिनलाई छाेडेर दीपिका नै किन ? 


२५ वैशाख, काठमाडाै । अभिनेत्री पिका पादुकोणले आजकाल रिप्लेसमेन्ट पाइरहेकी छिन् । उनले सलमान खानको ‘किक टु’ मा ज्याकलिन फर्नान्डिजलाई रिप्लेस गर्ने भएकी हुन् । उनले अनुराग बसुको ‘इमली’ फिल्ममा कंगना रनोटलाई पनि रिप्लेस गरेको खबर आएको थियो ।

यो फिल्मको पहिलो भाग साजिद नाडियाडवालाले निर्माण गरेका थिए र उनले गत वर्ष किक टुको घोषणा गरेका थिए । यद्यपी, स्क्रिप्ट तयार नहुँदा र सलमान व्यस्त भएकाले फिल्म रोकिएको थियो । अब स्क्रिप्ट तयार भइसकेको छ सलमान चाँडै नै यसका लागि नायिकालाई फाइनल गर्ने तयारीमा छन् । यसैबीच दीपिकालाई पनि फिल्ममा अनुबन्ध गर्ने प्रयास भइरहेको छ ।

ज्याकलिनलाई दीपिकाले रिप्लेस गर्ने खबरबीच यो पनि चर्चा छ कि फिल्ममा दीपिका र ज्याकलिन दुबै सँगै पनि देखिनसक्छन् । यो फिल्ममा दीपिकाको भूमिका शक्तिशाली हुने पनि बताइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार ११:५३