१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

प्रीति जिन्टाकाे कप्तान महेन्द्रसिंह धोनीलाई खुल्लमखुल्ला धम्की, छोरीलाई अपहरण गर्न पनि सक्छु


२५ वैशाख, काठमाडाै । आईपीएलमा सहभागी किङ्ग्स इलेभेन पञ्जावकी वनर प्रीति जिन्टाले अर्को टीम चेन्नाई सुपरकिङ्ग्सका कप्तान महेन्द्रसिंह धोनीलाई खुल्लमखुल्ला धम्की दिएकी छिन् । उनले ट्वीटरमा एउटा ट्वीट लेख्दै महेन्द्रसिंह धोनीलाई अाफु क्याप्टेनकाे भन्दा उनकाे छाेरीकाे फ्यान भएकाे र अाफुले उनलाइ किडन्याप गर्नेसमेत धम्की दिएकी हुन् ।

उनले ट्वीट गर्दै ‘क्याप्टेन कुलको म सहित कैयौँ फ्यानहरू छन्, तर म अब उनकी प्यारी छोरीको फ्यान हुँदै गइरहेकी छु । प्रितीले ट्वीट गर्दै  लेखेकी छिन्  यहाँ मैले उनलाई भनेकी छु – राम्रोसँग बस्नु, म किडन्याप गर्न पनि सक्छु ।’ प्रीति जिन्टाले अन्तिममा फोटोको क्याप्सन दिन आफ्ना फ्यानहरूलाई पनि अनुरोध गरेकी छिन् । प्रीति र धोनीको सम्बन्ध एकदमै राम्रो छ । उनीहरूबीच खेलको समयमा भेट भइरहने भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार ११:१७