१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा मेगा बैंकको नाफा १ अर्ब २१ करोड ४३ लाख रुपैयाँ


२४ वैशाख, काठमाडाैँ । मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिक अवधिसम्म १ अर्ब २१ करोड ४३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । दोस्रो त्रैमाससम्म ७३ करोड २० लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको बैंकले तेस्रो त्रैमासिक अवधिमा थप ४८ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो ।

आर्थिक बर्ष २०७४/७५ को चैत्र मसान्तसम्म ५२ करोड ४९ लाख रुपैयाँ मुनाफा गरेको बैंकले यस आर्थिक वर्षको सोही अवधिमा १३१ प्रतिशतले अधिक मुनाफा गर्न सफल भएको जनाएको छ । बैंकले २०७५ चैत मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप ३२ अर्ब २१ करोडले वृद्धि भई ७५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ जुन ७४.८८ प्रतिशतको वृद्धि भएको उल्लेख गरेको छ ।

त्यसैगरी, खुद कर्जा तथा सापटी २८ अर्ब ७१ करोडले वृद्धि भई ७० अर्ब रुपैयाँ कायम भएको जनाएको छ । जुन ६९.५४ प्रतिशतको वृद्धि हो । ‘यहाँहरुको विश्वास जित्दै मेगा बैंक अघि बढ्दै’ भन्ने नाराका साथ मेगा बैंकले देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ९६ वटा एटिएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २,४०० भन्दा बढी मेगा रेमिट एजेण्ट मार्फत आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलवार २३:२५