१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

काठमाडाैँकाे तिनकुनेमा ७ वर्षीया बालिका बलात्कृत, आराेपी राजु खरेल फरार


२४ वैशाख, काठमाडौँ । काठमाडौकाे तीनकुनेमा एक सात वर्षीय बालिका बलात्कृत भएकी छिन । महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी गाेविन्द काफ्लेले तिनकुनेकै राजु खरेलका नाममा किटानी जाहेरी परेकाे र उनी फरार रहेकाे दैनिकीलाई जानकारी दिए । डिएसपी काफ्लेले अदालतमा मुद्दा दर्ता गरेर आराेपी राजु खरेलकाे खाेजी तीव्र पारिएकाे बताए । उनका अनुसार बालिकाकाे स्वास्थ्य जाँचका लागि अस्पताल पठाईएकाे छ ।

खरेल हाल काठमाडौकाे शान्तिनगरमा बस्दै आएका छन । उनी विशेष प्रहरीका भगाैडा रहेकाे पारिवारिक स्राेतले जनाएकाे छ । पीडित र पीडक दुबै क्रिष्चियन भएकाे भन्दै केही पाष्टरहरुले घटनासामसुम बनाउन काेशिश गरेका थिए । तर स्थानीयकाे कारण त्याे प्रयास असफल भएर घटनाकाे पाँच दिनपछि मुद्दा प्रहरीकाेमा पुगेकाे छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलवार १८:०२