१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

हनिमुन मनाएर फर्किए वर्षा र सन्जोग, विमानस्थलमै पत्रकारको प्रश्न अब बच्चा कहिले ?


काठमाडाैँ । अभिनेत्री वर्षा राउत र अभिनेता सन्जोग कोइरालाको जोडी युरोपमा हनिमुन मनाएर आइतबार नेपाल फर्किएको छ।सधैँजसो अब बिबाह कहिले भन्ने प्रश्नले घेरेने वर्षा र संन्जोक आइतबार भने अब बच्चा कहिले भन्ने प्रत्रकारको प्रश्नले घेरिए । पत्रकारको प्रश्नले केही लजाए जस्तो गरेका उनीहरूले अहिले नै फेमिलि वा बच्चाको योजनामा नभएको बताए।

पुरानो प्रसंग जोड्दै सन्जोगले भने,‘अफेयरमा रहँदा विवाह कहिले भनेर धेरै प्रश्न आउँथे र हामी २ वर्षभित्रमा भन्ने गर्थौं। तर यो बच्चाका बारेमा चाँहि हामीले अहिलेसम्म योजना बनाएका छैनौं। यस विषयमा सोचेकै छैन।’

विवाह भएको लामो समयपछि हनिमुनका लागि यूरोपलगायतका देशको भ्रमणमा निस्किएका थिए । भ्रमणका क्रममा विभिन्न स्थानमा पुगेर उनीहरूले एकअर्काका रोमान्टिक तस्बिर सार्वजनिक गरेका थिए ।  वर्षा अभिनित फिल्म ‘जात्रै जात्रा’को प्रदर्शन मिति नजिकिएपछि उनिहरु हतारोमा नेपाल फर्किएको बताइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार २०:१४