१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

इण्डियन प्रिमियर लिगः प्रत्येक टिमले १४ खेल पूरा गरे प्लेअफको समीकरण पूरा


२३ वैशाख, काठमाडाैँ । इण्डियन प्रिमियर लिगमा लिग चरणमा प्रत्येक टिमले १४ खेल पूरा गरेका छन । योसँगै लिग चरण सकिएर प्लेअफको समीकरण पूरा भएको छ । मुम्बइ इण्डियन्स, चेन्नइ सुपर किंग्स, दिल्ली क्यापिटल्स प्लेअफमा पुग्न सफल भएका छन् । शीर्ष तीनवटा टिमको समान १८ अंक छ ।

आइतबार जित हात पारेको मुम्बई शीर्ष स्थानमा उक्लिएको छ भने चेन्नइ पञ्जाबसँग पराजित भएका कारण दोस्रो सथानमा झरेको छ । दिल्ली क्यापिटल्स भने इलिमिनेटर खेल्ने भएको छ । जम्मा १२ अंक बनाएर प्लेअफमा पुग्न सफल अर्को टिम हो, हैदराबाद । कोलकाता नाइट राइडर्स मुम्बइ इण्डियन्ससँग पराजित भएपछि हैदराबादको भाग्य चम्किएको हो । उसले कोलकातालाई रनरेटमा पछि पार्दै प्लेअफको मौका पायो ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार ०८:०३