१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एमाले–माओवादी एकता संयोजन समितिको बैठक आज, टुंगिएला भागण्डा ?


६ फागुन, काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ । भागवण्डामा कुरो नमिल्दा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छैन । माओवादीले ओलीको पहिलो मन्त्रिपरिषद् विस्तारमै आफ्ना मन्त्री नपठाएर बार्गेनिङ गरिरहेको आरोप लागिरहेको छ । त्यसकारण पनि आज बस्ने एकता संयोजन समितिको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

शनिबार प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डकोबीचमा वान टु वान वार्ता भएपछि आजका लागि एकता संयोजन समितिको बैठक डाकिएको हो । ओलीसँग भेटे लगत्तै वर्दिवासमा आयोजित पार्टीको कार्यक्रममा सहभागी प्रचण्डले आफूलाई एकतामा नजान नेपाल भित्र र बाहिरबाट समेत धम्की आएको भन्दै दुबै दलले चनाखो हुनुपर्ने बताउनु भएकोथियो । प्रचण्डलाई साच्चैको धम्की आयो वा एमालेसँग बार्गेनिङका लािग यस्ता कुरा गरिरहनुभएको छ भन्ने कुरा आजको बैठकमा समेत उठ्ने एक एमाले नेताले बताएका छन ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आईतवार ०७:५६