७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

भारतको सिलगढीमा धादिङ गजुरीकी प्रीतिको मृत्यु


२० बैशाख, धादिङ । धादिङकाे गजुरीकी प्रीति छेत्रीको भारतको दार्जिलिङ जिल्लास्थित सिलगढीमा मृत्यु भएको छ । सिलगढी प्रधान नगर प्रहरीका अनुसार बिहीबार अपरान्ह घरभित्रै झुण्डिरहेको अवस्थामा प्रीतिको शव भेटिएकाे हाे ।

१४ वर्षकी छोरीको मृत्युको सूचना पाएलगत्तै प्रीतिका बुबा वेदबहादुर र प्रीतिका दाजु शुक्रबार बिहानै सिलगढी पुगेका छन् । सिलगढीस्थित उत्पलनगर निवासी कल्पना देवी शर्माले पढाइ दिने भनेर प्रीतिलाई १ वर्ष अघि सिलगढी ल्याएकी थिइन् ।

कल्पनाका पतिको पहिले नै मृत्यु भैसकेको थियो भने उनका तीन छोरी कामका कारण बाहिर छन्। प्रीति स्थानीय सिसाबारी प्राथमिक पाठशालामा ४ कक्षामा पढ्थिन ।

सिलगढीको उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पोस्टमर्टम गरेपछि प्रहरीले प्रीतिको शव परिवारलाई बुझाएको छ भने घटनाबारे अनुसन्धान शुरु गरेको छ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार २३:१२