१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

आजदेखि चलचित्र ‘दालभात तरकारी’ देशैभरि प्रदर्शनमा


२० बैशाख, काठमाडाैँ । आजबाट चलचित्र ‘दालभात तरकारी’ प्रदर्शनमा आएको छ । चलचित्रले मल्टिप्लेक्समा सर्वाधिक २४ शो पाएको छ । सार्वाधिक शो पाएर खुशी भएको चलचित्र युनिटले दर्शकलाई सहज होस् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ समेत खुल्ला गरेको छ । आफूलाई पायक पर्ने समयमा अनलाइनबाट नै टिकट बुकिङ गर्न सकिने छ ।

मह सञ्चारको ब्यानरमा निर्माण भएको चलचित्र ‘दालभात तरकारी’मा हरिवंशआचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, सन्दिप क्षेत्री, यमनश्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, विल्सनविक्रम राई, सुरेन्द्र केसीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा,पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । चलचित्रको निर्देशन सुदन केसीले गरेका छन् । चलचित्रमा शम्भुजित बास्कोटाको संगीत छ भने दीर्घ गुरुङको छायाकंन रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको यस सिनेमामा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुरागमानसिंह कुँवर, शिशिर वाङ्देल, विल्सनविक्रम राई, दिपेन्द्र खनिया र सुमित मैनालीले लगानी गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार १०:२०