५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

जवान छाेराका बाबु अभिनेता भुवन केसी  हटगर्ल जियासँग लिभिङ टुगेदरमा


१९ वैशाख, काठमाडाैँ । नेपाली चलचित्रका नायक भुवन केसी जाे जवान छाेराका बाबु हुन् उनि जिया केसीसँग लिभिङ टुगेदरमा बस्दै अाएकाे चर्चा मिडियामा छाइरहेकाे छ । केही वर्षदेखि  लिभिङ टुगेदरमा रहेकाे भएपनि प्रेमसम्बन्धका बारेमा  भुवन र जिया दुबै केहि बाेल्दैनन् । साथी मात्र हौं भन्दै पन्छिने जिया र भुवनले देश–विदेशको भ्रमण सँगै गरे पनि आफ्नो सम्बन्धलाई साथीको नाम मात्र दिइरहेका छन् ।

चलचित्र ‘कृ’ को गीतको छायांकनका लागि स्कटल्यान्ड जाँदा भुवनले जियालाई पनि सगैं लगेका थिए । एयरपोर्टमा जियालाई केही समय लुकाउन खोजे पनि मिडियाले देखेपछि भुवनले बाध्य भएर जियालाई आफूतिर ल्याएर सँगै तस्बिर खिचाए ।  यसअघि चलचित्र ड्रिम्सको छायांकनका बेला जिया पोखरा पुगेकी थिइन् । भुवन हालसालै जियालाई लिएर चलचित्र क्याप्टेनको लोकेसन खोज्न सिक्किम पुगेर थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार २१:२४