७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

आइसिसीको एकदिवसीय वरियतामा नेपाल १४औँ स्थानमा यथावत्


१९ वैशाख, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल १४औँ स्थानमा यथावत् रहेको छ ।

आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १५२ अङ्कसहित १४औँ स्थानमा यथावत् रहेको छ । संयुक्त अरब इमिरेटस् (युएइ)मा सम्पन्न युएइविरुद्वको एकदिवसीय सिरिज खेलेपछि नेपालले आइसिसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।

त्यतिबेला नेपालले युएइविरुद्व तीन खेल खेलेको थियो । गत माघमा भएको उक्त प्रतियोगितामा नेपालले युएइलाई २–१ ले पराजित गरेपछि एकदिवसीय मान्यता पाएको थियो ।

युएइ नेपालभन्दा एक स्थान तल छ । युएइ १५औँ स्थानमा छ भने केही समयअघि मात्र एकदिवसीय मान्यता पाएको पपुवा न्युगिनी १६ औँ स्थानमा छ ।

नयाँ वरियताको शीर्ष स्थानमा इङ्ग्ल्याण्ड, दोस्रो स्थानमा भारत, तेस्रोमा दक्षिण अफ्रिका, चौथोमा न्यूजिल्याण्ड र पाँचौँ स्थानमा अष्ट्रेलिया रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार १९:२५