८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

रुकुम पूर्वको आकाशमा पहिलो पटक प्याराग्लाइडिङ


६ फागुन, रुकुम । रुकुम पूर्वको आकाशमा पहिलो पटक प्याराग्लाइडिङ उडाइएको छ । परीक्षणका लागि जिल्लाको सिस्ने गाउँपालिका–६ रुकुमकोटमा प्याराग्लाइडिङ उडाइएको हो । पर्यटन प्रवद्र्धन वातावरण संरक्षण केन्द्र, रुकुमको आयोजनामा प्याराग्लाइडिङ परीक्षण शुरु भएको हो । यसभन्दा पहिले सिङ्गो रुकुम एक हुँदा रुकुम पश्चिमको मुसिकोटबाट प्याराग्लाइडिङमा रुकुमकोट पुगिए पनि नयाँ जिल्ला भएपछि पहिलो पटक प्याराग्लाइडिङ उडानको परीक्षण भएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो ।

प्याराग्लाइडर सञ्चालनको सम्भाव्यता अध्ययन गरी जिल्लामा साहसिक पर्यटनको प्रवद्र्धन गर्ने र प्याराग्लाइडिङमा व्यावसायिकता शुरु गर्ने प्रमुख लक्ष्यका साथ शुरु भएको हो । प्याराग्लाइडिङले यहाँ आन्तरिक तथा बाह्य पर्यटनको विकास हुने र जिल्लाको आर्थिक विकास हुने पर्यटन प्रवद्र्धन वातावरण संरक्षण केन्द्र, रुकुमका अध्यक्ष चन्द्रबहादुर केसीले बताउनुभयो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आईतवार ०७:४६