१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

फेब्रुअरी २५ मा म्याड्रिड महानगरपालिका उपप्रमुख लुईसको टोली नेपाल जाँदै


स्पेन । काठमाडौं महानगरपालिकाको निमन्त्रणामा म्याड्रिड महानगरपालिकाको उपप्रमुख लुईस कुईतोको टोली फेब्रुअरी २५ मा भ्रमण गर्ने भएको छ । शुक्रवार म्याड्रिडमा आयोजित एक्सपोर्तुरले प्रथम सगरमाथा आरोही सर एड्मन्ड हिलारीको सम्झनामा कार्यक्रमको आयोजना गरेको कार्यक्रममा नेपाली राजदूत भरत बहादुर रायमाझी संगको भेटमा छलफल भएको एनआरएनए युरोपका उपसंयोजक तथा नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधि एवम् समाजसेवी एकराज गिरीले बताउनुभयो।

नेपाल र स्पेनको दुई शहरको आर्थिक विकास तथा सम्बन्धलाई ब्यवस्थित शहरको रूपमा अगाडि लैजानको लागि नेपाल भ्रमणले सकारात्मक भुमिका खेल्ने नेपाली राजदूत भरत बहादुर रायमाझीले विस्वास लिएको बताउनुभयो । यसैगरी मार्च २५ मा नेपाल भ्रमण गर्न लागेका स्पेनिश शेर्पा उपनामले चिनिने कार्लोस सोरियले स्पेन लगायत विभिन्न राष्ट्रहरूको हिमाल चढिसकेकाले नेपाल आफ्नो दोस्रो घर भएकाले अब नेपालको हिमाल चढ्ने रहर रहेको बताउँदै भ्रमणका क्रममा धौलागिरी हिमाल चढ्ने समेत उहाँले बताउनुभयो ।

स्पेनिश शेर्पा कार्लोस सोरियाले नेपाल विश्वमा सुन्दर देश भएकाले नेपालमा लगानी गर्न सबैलाई आग्रह समेत गरेका थिए । ७९ वर्षिय कार्लोस भन्छन् ’ नेपाल मेरो दोस्रो घर हो जन्मभूमि स्पेन भएता पनि नेपाल कर्मघरको रूपमा लिएको बताउनुभयो ।’ नेपाल र स्पेनले आर्थिक विकासका निम्ति पर्यटन प्रवर्द्धनका लागि दुई राष्ट्रले मिलेर सहकार्यका साथ अगाडि बढ्ने प्रतिबद्धता समेत जाहेर गरेकाले भ्रमण हुन लागेको गिरीले बताउनुभयो।

एक साताको नेपाल भ्रमण उपलब्धि मुलक हुने म्याड्रिड महानगरपालिकाको उपप्रमुख लुईस कुईतोले विस्वास लिएको बताउनुभयो । भ्रमणमा विभिन्न क्षेत्रका ब्यक्तिहरू उधोगी,खेलाडी,च्याम्बर अफ कमर्सको टोली पनी साथैमा भ्रमणमा निस्कन लागेको यूरोप उपसंयोजक तथा पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधि एवम् समाजसेवी एकराज गिरीले बताउनुभयो। गिरी भन्छन् नेपाल र स्पेनको सम्बन्ध विस्तारमा हाम्रो पक्षबाट कुनैपनि कसर बाँकी नराखी सकारात्मक भुमिकामा अगाडि बढेर नेपालमा दिगो शान्ति तथा आर्थिक विकास संगै नेपालमा पर्यटन भित्र्याउन सबैले हरेक क्षेत्रबाट पहल गर्नुपर्ने बताउँदै समृद्ध नेपाल हाम्रो परिकल्पना भनेर अगाडि बढ्नु पर्ने बताउनुभयो। कार्यक्रममा एनआरएनए म्याड्रिडका अध्यक्ष उत्तर राई,निवर्तमान अध्यक्ष रोशन पाठक,एनआरएनए केन्द्रीय सचिव जिवन प्रसाई,निवर्तमान सचिव रामकृष्ण पुडासैनी लगायतको उपस्थिति रहेको थियो । नेपालका मेयर विद्या शुन्दर शाक्यले सेप्टेम्बर २३ मा म्याड्रिड भ्रमण गरेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७४, शनिबार २३:२७