१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

राष्ट्रिय गानको अपमान गरेकै हुन् त महानायक राजेश हमालले ? 


१६ वैशाख, काठमाडौं  । नेपाली फिल्म जगतका महानायक राजेश हमालले राष्ट्रिय गानकाे अपमान गरेकाे अाराेप लागेकाे छ । ‘को बन्छ करोडपति ?’ नामक कार्यक्रममा अभिनेता हमालले राष्ट्रिय गानको अपमान गरेको  भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

टेलिभिजनबाट प्रशारित हुँदै आएको ‘को बन्छ करोडपति ?’ नामक कार्यक्रममा सोधिएको प्रश्नमा राष्ट्रिय गान बजाइएको र राष्ट्रिय गान बज्दा सबै उठ्नु पर्नेमा नायक राजेश हमाल आफ्नो सिटमा बसेर राष्ट्रिय गान सुनिरहेकाे अाराेप लागेकाे छ ।

हमालसँगै अगाडिको सिटमा बसेका नायिका प्रियंका कार्की र नायक आयुशमान देशराज श्रेष्ठपनि कुर्सीमा बसेर राष्ट्रिय गान सुनेका थिए । राष्ट्रिय गान बज्दा उभिएर गीतको सम्मान गर्नुपर्छ भन्ने जानकारी नै नरहेकाे भन्दै उनीहरूको सामाजिक सञ्जालमा चर्काे आलोचना भएको छ ।

कार्यक्रममा अभिनेता हमालले नायिका प्रियंका कार्की र नायक आयुषमान देशराज श्रेष्ठसँग ‘राष्ट्रिय गानमा’ कति पटक नेपाल शब्द आउँछ’ भनेर प्रश्न सोधिएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार १२:३८