१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

‘कटप्पा’ र आत्महत्या गर्न तयार भएकी नायिका ऐश्वर्या अमिताभ बच्चनकाे सहयाेगमा जोडी  बन्दै


१६ वैशाख, काठमाडाैँ । अभिनेता सत्यराज र विश्वसुन्दरी एवं अभिनेत्री ऐश्वर्या रायले मणिरत्नमले निर्देशन गर्ने फिल्म ‘पोन्निनी सेल्वम’ मा काम गर्ने भएका छन् । फिल्म ‘बाहुबली’ बाट निकै चर्चामा आएका अभिनेता सत्यराज र बलिउड अभिनेत्री ऐश्वर्या रायले फिल्ममा जोडी बाध्ने भएकका हुन् ।

अभिनेता सत्यराजले फिल्म ‘बाहुबली’मा कट्प्पाको भूमिका निभाएर निकै चर्चा कमाएका छन् ।  ‘पोन्निनी सेल्वम’ फिल्ममा अभिनेता सत्यराज र अभिनेत्री ऐश्वर्या रायले पतिपत्नीको भूमिका निभाउने बताइएको छ ।

एक चर्चित तमिल उपन्यासमा आधारित रहेर बन्ने यस फिल्ममा अमिताभ बच्चन पनि रहने सम्भावना रहेको बताइएको छ ।यस फिल्ममा राजकुमारीले राजासँग विवाह गरेर रानी बनेपछि शक्तिको चरम दुरूपयोग गरेको देखाइन्छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार १०:२२