१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

ड्रग टेस्टमा असफल भएपछि क्रिकेटर एलेक्स हेल्सलाई २१ दिनको प्रतिबन्ध


१४ वैशाख, काठमाडाैँ ।  ड्रग टेस्टमा असफल भएपछि क्रिकेटर एलेक्स हेल्सलाई २१ दिनको प्रतिबन्ध लागेको छ । इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले एलेक्स हेल्सलाई प्रतिबन्धित औषधि सेवन गरेको भन्दै दोषी ठहर्‍याएको हो ।

ईसीबीले हेल्सलाई कुनै पनि क्रिकेट म्याच खेल्न नपाउने गरी २१ दिनको प्रतिबन्ध लगाएको छ । हेल्स गएको हप्ता इंग्ल्याण्डको १५ सदस्यीय विश्वकप टीमको लागि चुनिएका थिए । एलेक्सले ७ दिन अगाडि व्यक्तिगत कारण देखाउँदै काउण्टी टिम नाटिंघमशायरको लागि यो सिजनमा खेल्न असमर्थता जनाएका थिए ।

गार्जियन पत्रिकाका अनुसार दास्रो पटक पनि ड्रग टेस्टमा असफल भएपछि उनीमाथि प्रतिबन्ध लगाइएको हो । यस विषयमा इंग्ल्याण्ड क्रिकेटका पूर्व कप्तान माइकल वानले ट्वीट गर्दै आक्रोश पोखेका छन् । उनले हिल्सलाई विश्वकप टिमबाटै हटाउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार २१:२९