११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

खाममा दाम राखेर बाइबल बाँड्दै हिडेँका दुई विदेशीसहित पाँच क्रिस्चियन प्रचारक पक्राउ


१४ वैशाख, काठमाडाैँ । क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न भएको अरोपमा दुई विदेशीसहित घोराहीबाट बुधबार पाँच जना पक्राउ परे । अमेरिकी नागरिक सिनक्वान्टा ओलिएनमे, भारतीय नागरिक गौरव श्रीवास्वसहित पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र नेपालगञ्जका प्रमोद काफ्लेलाई प्रहरीले ठुलो मात्रामा क्रिस्चियन धर्म प्रचार सामग्रीसहित नियन्त्रणमा लिएको नागरिक दैनिकमा देवेन्द्र बस्नेतले समाचार लेखेका छन ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार प्रहरीले उनीहरुको साथबाट एक कार्टुन बाइबलल पैसा राखिएको खाम, दमका उपचार सामग्री, ल्यापटप पेनड्राइभलगायत सामग्री बरामद ग¥यो । बिनाअनुमति नेपालमा आएर धर्मको प्रचारमा खटिएकी सिनक्वान्टालाई प्रहरीले आफ्नै रोहवरमा काठमाडौं अध्यागमन कार्यालय पठायो ।

यो पनि पढ्नुहोस् 

–परिवार भाँड्न र गरिबको सम्पत्ति लुट्न क्रिस्चियनको डरलाग्दो खेल, सरकार निरीह (भिडियोसहित)

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार ०७:५७