६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

राष्ट्रिय कराते प्रतियोगिता ललितपुरकाे गोदावरीमा 


१३ वैशाख, ललितपुर । ललितपुर क्षेत्र नं १ का सांसद नवराज सिलवालले नेपालमा खेलिने हरेक किसिमको खेलले युवापुस्तालाई नैतिकवान् बनाउँदै लाने बताउनुभएको छ । गोदावरी नगरपालिका–४ र बडिखेल शाखा डोजोले संयुक्त रुपमा आज आयोजना गरेको ‘प्रथम वडाध्यक्ष कप खुला राष्ट्रिय कराते प्रतियोगिता’ कार्यक्रममा सिलवालले खेलको माध्यमबाट राष्ट्रमा अनुशासित र स्वस्थ्य नागरिक उत्पादन गर्न मद्दत पुगेको बताउनुभयो ।

प्रदेशसभा सदस्य लालकुमारी पुनले खेलकूद राष्ट्र विकास र स्वास्थ्य समाज निर्माण दुवैको लागि आवश्यक वस्तु भएको बताउनुभयो । प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले स्थानीय सरकारसँग सहकार्य गर्दै खेलकूदको कार्यक्रम अघि बढाउन आग्रह गर्नुभयो । प्रदेशसभा सदस्य राजकाजी महर्जनले खेलकूद सिङ्गो राष्ट्रका लागि गौरवको माध्यम बन्दै जाने बताउनुभयो । नेकपाका नेता मधुसूदन पौडेलले वडास्तरीय कराते खेलाडी उत्पादन गर्न यस खेलले निकै सहयोग गर्ने बताउनुभयो ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार २१:४९