८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

ज्योति मगरको उत्तेजक प्रस्तुतिमा प्रतिबन्ध, अब के गर्लिन ज्योति ?


२१ चैत, काठमाडौँ । गायिक एवम् मोडल ज्योति मगरको उत्तेजक प्रस्तुतीमा प्रतिबन्ध लागेको छ । उच्छृङखल प्रस्तुतिले समाजमा विकृति निम्त्याउनुका साथै हिंसालाई प्रश्रय दिने भन्दै मगरको प्रस्तुतीमा प्रतिबन्ध लगाइएको हो ।

वैशाखको पहिलो साता सुनसरीको इटहरीको तालतलैयामा हुन लागेको महोत्सवमा मगरलाई प्रस्तुती गर्न नदिइने भएको छ । ज्योतिको उत्तेजक प्रस्तुतिले महिला हिंसाको घटनालाई प्रोत्साहन गर्ने भएकाले उनको उत्तेजक प्रस्तुति रोक्नका लागि उनीमाथी प्रतिबन्ध लगाइएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन ।

मंगलबार सुनसरी सदरमुकाम इनरुवामा आयोजित हिंसा न्यूनीकरण विषयक कार्यक्रममा बोल्दै उपप्रमुख गौतमले उच्छृङखल प्रस्तुतिले समाजमा विकृति निम्त्याउनुका साथै हिंसालाई प्रश्रय दिने भन्दै त्यस्तो कार्यका लागि इटहरी उपमहानगरपालिकाले कुनै पनि हालतमा अनुमति नदिने जानकारी दिइन ।

पछिल्ला समय बतात्कारका घटना बढेपछि नियन्त्रणका लागि कार्ययोजना बनाउन देशब्यापी सर्कुलर जारी भएकाले पनि ज्योति मगरको उत्तेजक प्रस्तुतिलाई रोकेको गौतमले बताइन ।

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार १७:२९