८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

रवि लामिछानेले निर्माण गर्ने अस्पताललाई पैसा जुटाउन ‘छक्का पञ्जा २’ आजदेखि पुनः प्रदर्शनमा


१३ वैशाख, काठमाडाैँ । पत्रकार रवि लामिछानेले कर्णाली प्रदेशमा बनाउन लागेको अस्पतालका लागि पैसा सकंलन गर्ने मुख्य उद्देश्यले ‘छक्का पञ्जा २’ आजदेखि पुनःप्रदर्शनमा अाएको छ ।  आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको सुपरहिट चलचित्र ‘छक्का पञ्जा २’ आजदेखि पुनः देशै भरिका हलमा प्रदर्शनमा आएको हो । चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार नेपालभरीका सिंगल तथा मल्टिप्लेक्समा गरी उपत्यका बाहिरका ५० चलचित्र घरहरुमा ‘छक्का पञ्जा २’ प्रदर्शन हुँदैछ । यस्तै उपत्यकाका विभिन्न हलमा पनि ‘छक्का पञ्जा २’ प्रदर्शन हुँदैछ ।

‘छक्का पञ्जा २’को पुनःप्रदर्शनबाट संकलन भएको रकमको २५ प्रतिशत रकम रवि लामिछानेले निर्माण गर्न लागेको अस्पताललाई हस्तान्तरण गरिनेछ । अन्य रकम पनि समाजसेवामा नै खर्चिने योजना बनाइएको छ । तर, कुन शीर्षकमा कसरी खर्च गरिन्छ भन्ने कुरा पछि बताइने निर्माता तथा कलाकार गिरीले बताए ।  चलचित्र ‘छक्का पञ्जा २’को निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्र्की, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, वर्षा राउत, बुद्दी तामाङलगायतका कलाकारको अभिनय गरेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार १३:०२