१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

धुर्मुस–सुन्तलीलाई बद्री र पूर्णकलाकाे उपहार ‘गौतम बुद्ध रंगशाला बन्छ नेपालीको’ (भिडियोसहित) 


१३ बैशाख, काठमाडौँ । धुर्मुस–सुन्तलीलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष, लोकदोहोरी गायक बद्री पंगेनी र लोकदोहारी गायिका पूर्णकला बिसीले गीत उपहारस्वरूप दिएका छन् ।

उनिहरूले धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै ‘ गौतम बुद्ध रंगशाला बन्छ नेपालीको’ बोलको गीत सार्बजनिक गरेका हुन् । गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् भने संगीत बद्री पंगेनीले नै दिएका छन् । भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् ।

त्यस्तै, गीतकाे भिडियोमा धुर्मुस–सुन्तलीले गरेका उदाहरणीय कार्यहरु समावेश गरिएको छ । खेलाडीहरुले संसारभर नेपाल चिनाईरहेको बेला रङ्गशाला अनिवार्य आवश्यक रहेको र नेपालीहरु मिलेर रङ्गशाला निर्माणमा सहयोग गर्नुपर्ने गायक बद्री पंगेनी बताउँछन् ।

गीतको भिडियो धुर्मुस–सुन्तलीको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार १३:०५