६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

एमालेसँग पार्टी एकता नगर्न प्रचण्डलाई धम्की, धम्की दिने को हुन ?


५ फागुन, महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई धम्की आएको खुलासा गनुभएको छ । शनिबार महोत्तरीको बर्दिवास आइपुग्नु भएको अध्यक्ष प्रचण्डले आफूलाई एमालेसँग पार्टी एकता नगर्न देशभित्र र बाहिरबाट धम्की आएको खुलासा गर्नुभयो । अध्यक्ष प्रचण्डले धम्की दिने कोहो भन्नेबारेमा भने केही खुलाउन चाहनु भएन ।

अध्यक्ष प्रचण्डले पार्टी एकता नगर्न दबाब दिँदै धम्की आएको खुलासा भएपछि पार्टीभित्र र बाहिर धम्की दिने समूह वा व्यक्तिको पहिचान खोज्नेक्रम सुरु भएको छ । उहाँले अझै पनि केही शक्ति एमाले–माओवादी एकता हुन नदिने खेलमा लागेको भन्दै सतर्क हुनुपर्ने बेला आएको बताउनुभयो । उहाँले पदको बाँडफाँट भएपछिमात्रै माओवादी सरकारमा सहभागी हुने स्पष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले जनचाहना अनुसार वाम गठबन्धनले स्थायी सरकार दिने पनि बताउनुभयो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७४, शनिबार २२:२८