१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

एसीसी यू–१६ मा नेपालद्धारा मलेसियासामु १४२ रनको लक्ष्य प्रस्तुत


११ वैशाख, काठमाडाैँ । एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले मलेसियासामु १४२ रनको लक्ष्य प्रस्तुत गरेकाे छ ।

टस जितेर ब्याटिङ गरेको नेपालले मलेसियालाई १४२ रनको लक्ष्य दिएको छ । चियाङ माइमा भएको खेलमा नेपालले ३४.५ ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ३४ रनको यदान दिए भने कप्तान विशाल विक्रम केसीले २८ रन बनाए । ओपनर दीपक बोहरा र अर्जुन कुमालले समान १६–१६ रनको योगदान दिए ।

बलिङतर्फ सिद्धार्थ कार्तिकले ४ विकेट लिए भने लोकमान नुर र सचिनु हेटिगेले २–२ विकेट लिए ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार १२:०७